तराई टपको विशेष रिपोर्ट
अबैध रुपमा नक्कली नेपाली नोट कारोबारीहरुको हव बन्दै गएको छ मधेश प्रदेशका सीमावर्ती जिल्लाहरु ।
नेपाली नक्कली नोटको कारोवार गर्नेहरुको संख्या मधेश प्रदेशको सर्लाही, महात्तरी, धनुषा सहितको जिल्लामा ह्वातै बढेर गएको छ जसकारण त्यस्ता कारोवारीहरुको अहिले मधेश प्रदेश हब बन्दै गएको पछिल्लो समयमा पक्राउ परेका प्रमाणहरुले पुष्टि गरेको हो ।
मधेश प्रदेशको सीमावर्ती क्षेत्रबाट यसप्रकारको अबैध रुपमा नोटको प्रिन्ट गरेर बजारमा पठाउने ठूलो गिरोह नै सक्रिय रहेको पाइएको श्रोतले बताउँछन् । यस्ता कारोवार गर्नमा खप्पिस रहेका मुख्य कारोवारी पक्राउ पर्दैन तर केही भरियाहरुलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही चलाएका छन् ।
गत चैत महिनामा सर्लाही प्रहरीले नक्कली नेपाली नोटको ओसारपसार गर्ने १० जनालाई नियन्त्रणमा लिएर कारवाही चलाए । सर्लाहीबाट मात्रै चैत १३ गते बरथवा नगरपालिका १७ वागमती सिंचाईको नहरको डिलमा विआर ३०एम ३८२५ मोटरसाइकल चलाउने बलरा नगरपालिका अर्नाहाका ३० बर्षिय रामप्रसाद साहले बोकेको झोलाबाट एक हजारको २६८ थान अर्थात (दुई लाख ६८ हजार) नेपाली नक्कली नाट सहित पक्राउ गरेका थिए ।
उक्त झोलाबाट एक हजारको नोट प्रिन्ट गर्न कटिंग गरिएको २४ बण्डल कागज, प्रिन्टर पेपर २ रिम, १ बण्डल पत्रिका तथा निजकै लोकेशनको आधारमा केही पर रहेका बिआर ३०ए ५९६८ नम्वरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले बताए ।
एसपी सुवेदीका अनुसार बैशाख ५ गते लालबन्दी स्थित दुर्गा मन्दीर छेउको बाटोमा थुपारिएको फोहरमा १ हजार थानको ५३० थान अर्थात पाँच लाख ३० हजार नक्कली नोट बरामद गरियो । त्यही फोहरमा १ हजारको नोट प्रिन्ट गर्न कटिंग गरिएका ६ सय थान कागज फेला पर्दा सर्लाही सहित मधेश प्रदेशका अन्य जिल्लाहरुमा नक्कली नोटको प्रचलन एवं कारोवारी भईरहेकोमा चिन्ता व्यक्त गरे ।
अहिले सम्म १० जना भन्दा बढि मानिसलाई समातेर कानुनी दायरामा ल्याइसकेको तथा नक्कली नोटको मुख्य कारोवारी समक्ष पुग्न हामी प्रयासरत छौ, उनले भन्दै अबैध कारोवारलाई पूर्ण रुपमा निष्तेज पार्न लागिपरेको एसपी सुवेदीले स्पष्ट पारे ।
यसैगरी गत सोमवार धनुषाको जनकपुरधामको जिरोमाइल स्थित शंकाको आधारमा एक महिलाले बोकेको झोलालाई चेकजाँच गर्दा ७ लाख ७१ हजार ५ सय नक्कली नेपाली नोट सहित धनुषा प्रहरीले पक्राउ गरेको छ ।
फोटोकपी गरिएको र सजिलै ठम्याउन सकिने नेपाली नक्कली नोट ती महिलाले भारतबाट ल्याएर जनकपुर बजारमा चल्नचल्तीमा ल्याउन खोजेकी थिइन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले धनुषा, बिदेह नगरपालिका ६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई नक्कली नोट सहित पक्राउ गरिएको बताए ।
साहले भारतबाट ल्याएको नक्कली नेपाली नोटमध्ये १० हजार रुपैयाँ जनकपुरका एक युवकलाई दिएको स्वीकारेकी डीएसपी गौतमले भने ।
पक्राउ परेपछि मात्रै नक्कली नेपाली नोटको कारोवार भईहरेको पुष्टि भएको छ तर चलनचल्तिमा आइसकेका उक्त नक्कली नोट सध्य व्यक्तिको हातमा परेपछि किनमेलको क्रममा पक्राउ परेमा त्यसको जिम्मेवारी को होला ? भने प्रश्न खडा भएको छ । मधेशका प्राय जिल्लाहरुमा नक्कली नोटको कारोवार भईरहेको हुँदा नेपाल सरकार गम्भीर भएर मुख्य कारोवारीलाई नियन्त्रणमा लिई हदै सम्म कारवाही गर्न रौतहट जेष्ठ नागरिक संघका अध्यष विजयकिशोर झाले सुझाव दिए ।
अबैध नक्कली नोटको हब बन्नबाट जोगाउन संघिय, प्रदेश र स्थानीय सरकार सहित अपराध अनुसन्धानमा खटिने प्रहरीलाई परिचालन गरेर कारोवारलाई रोक्नुपर्ने अन्यथा अबैध नोटको हब बन्ने जसलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निकै धौं धौं पर्ने उनले आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन