76
Shares
जयपुर, १५ बैशाख । इण्डियन प्रिमियर लिगमा क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई ३२ रनको फराकिलो अन्तरबाट हराएको छ ।
जयपुर स्थित स्वामी मानसिंह स्टेडियममा खेलमा राजस्थानले चेन्नइलाई ३२ रनले हराउँदै शीर्ष स्थानमा उक्लीएको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले ६ विकेट गुमाएर १ सय ७० रनमा समेटिएका थिए ।
८ खेलबाट ५ खेलमा जित निकालेको राजस्थान रोयल्स १० अंक जोडेर शीर्ष स्थानमा आएका हुन् । गुजरात र चेन्नइ सुपर किंग्स तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन