99
Shares
वीरगञ्ज, १५ बैशाख । छड बोकेर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको टयाक्टरमा मोटरसाइकलले पछाडिबाट ठक्कर दिदाँ चालकको घटनास्थलमा मुत्यु भएको छ ।
बिहिवार राति ८ बजेतिर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना ५ त ८२५० नम्बरको टयाक्टरमा बा ८० प ४०२१ नम्बरको मोटरसाइकलले पछाडीबाट ठकक्र दिदाँ युवकको मृत्यु भएको प्रहरीले जनाएको हो ।
छड लोड रहेको ट्याक्टरमा ठोक्किदा मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नं. २१ का २५ वर्षीय राजन कुमार रामको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट मुचुल्का उठाएर शबलाई पोस्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन