रौतहट १५ बैसाख । अन्तत वृन्दावन नगरपालिकामा जारी रिले अनसन टुंगिएको छ । वृन्दावन नगरपालिकाको कार्यालयमा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन बिहिवार दिउसोबाट टुंगिएको हो ।
अनशनकारीहरूको माग मध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए ।
वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे र अनशनरत पक्षहरूबीच पाँचबुँदे सहमति पनि भएपछि रिले अनसन सकिएको छ । रिले अनशन बस्ने पक्षबाट माग भए बमोजिमका सूचना कानुन सम्मत रूपमा कार्यालयले उपलब्ध गराउने, रिले अनशनमा नगरपालिकाका वडाध्यक्षहरू समेत सहभागी भएकाले उनीहरूबाट कार्यालय सँग समन्वय गरी सूचना प्राप्त गर्ने, सुशासन कायम गर्न कार्यालयका तर्फबाट यथासक्य समयमा सार्वजनिक सुनुवाइ आयोजना गर्ने, कार्यालयका तर्फबाट माग बमोजिम आर्थिक वर्ष २०७८।०७९ को जेठ १ गते देखि हालसम्मको सञ्चित कोष,चालू र पुँजीगत तर्फको बैंक स्टेटमेन्ट उपलब्ध गराउने, नगरवासी–राजनीतिक दल तथा जनप्रतिनिधिबीच सहकार्य तथा समन्वय कायम राख्ने सहमति भएपछि अनसन सकिएका छन् ।
३८ दिनदेखिको रिले अनशनका कारण पालिकाका सम्पूर्ण कामकाज ठप्प भएको थियो । चैत्र ७ गते देखि वृन्दावन नगरपालिका वडा नम्बर २, ३, ४ र ५ का गरी ४ जना वडा अध्यक्ष र नगर प्रमुख पदका तीन जना उम्मेदवारहरु रिले अनसन मा बसेका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन