68
Shares
काठमाडौँ, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीको बैठक बसेर सरकारलाई दिदैआएको समर्थन फिर्ता लिने बताए ।
पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर सरकारलाई दिदैआएको समर्थन फिर्ता लिने तयारी गरिएको ढकालले बताएको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता किन लिँदछौ भन्ने विषयमा बैठकमा गम्भीर छलफल हुने ढकालले बताए । प्रचण्ड नेतृत्वको सरकार बनाउने क्रममा गत पुस १० गते राष्ट्रपतिलाई हस्ताक्षर बुझाउने बेला रास्वपा सरकारमा सहभागी भएको थियो ।
सो पार्टीले गत माघ २२ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले दुईपटक विश्वासको मत लिँदा दुवैपटक मत दिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन