सर्लाही, १५ वैशाख । सर्लाहीको मलंगवामा एलपीजी ग्यास लिक भएर आगलागि भएको छ । आगलागिमा परेर एकै परिवारका नावालक सहित तिन जना घाइते भएका छन् ।
सर्लाही सदरमुकाम मलंगवा नगरपालिका १० स्थित कोठा भाडामा लिएर बसेका ४० बर्षिय अहमद मन्सुरीको श्रीमती काजुल मन्सरी खाना पकाउन लाग्दा ग्यास लिक भएर शुक्रवार विहान आगो लाग्दा नबालक सहित तिन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएका हुन् ।
आगलागिमा परेर मन्सुरीको श्रीमती काजुल, अहमद र ९ महिनाको नवालक छोरी जलेर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले बताए ।
आगलागिको घटना पाउना साथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी टाली तत्कालै मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएर ज्यान जोगाएको एसपी सुवेदीले भने ।
आगलागिबाट पिडितहरुको शरीरको १५ प्रतिशत भाग जलेको प्रादेशिक अस्पताल मलंगवाको चिकित्सकले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन