नयाँ दिल्ली, १७ वैशाख । आइपिएलको १६ औं संस्करण अन्तर्गत शनिवार राति सम्पन्न भएको खेलमा दिल्ली क्यापिटल्सलाई सनराइजर्स हैदराबादले ९ रने पराजित गरेका छन् ।
हैदराबादले दिएको १९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाउन सक्यो । दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । मार्शले ३९ बलमा १ चौका तथा ६ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रन बनाए । साल्टले ३५ बलमा ९ चौका प्रहार गरी ५९ रन बनाए । अक्षर पटेलले १४ बलमा २९ रनमा अविजित रहे । हैदराबादका मयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार, टि नटराजन, अमिल हुसेन र अकिल हुसेनले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो । हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन बनाए । हेनरिक क्लासेननले २७ बलमा २ चौका र ४ छक्काको मदतमा अविजित ५३ रन बनाए । अब्दुल समादले २८ रन बनाउँदा अकिल होसेन १६ रनमा अविजित रहे ।
छैटौं हार बेहोरेको दिल्ली ४ अंकसहित पुछारमै छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन