62
Shares
मोरङ, २१ वैशाख । मोरङको लेटाङमा जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएका छन् ।
लेटाङ नगरपालिका वडा नं. ७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा एक जना गम्भीर घाइतेको धरान अस्पतालमा उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताए ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ नगरपालिका वडा नं. ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ नगरपालिका वडा नं. ६ का ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन