सर्लाही, २१ वैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले विभिन्न खेलका खेलाडीहरुलाई मनोबल बढाउन सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, प्रदेश स्तरीय तथा राष्ट्रिय स्तर सम्म पुग्न सफल भएका खेलाडीहरुलाई सम्मान सहित प्रमाण पत्र तथा मेडल प्रदान गरेको हो ।
गाउँपालिका भित्र रहेको विभिन्न विद्यालयका छात्रा तर्फ कवडी खेलमा दोस्रो, छात्र तर्फ भलिवल खेलमा तेस्रो र छात्रा तर्फ रिले खेलमा तेस्रो र प्रदेश तथा राष्ट्रिय स्तरको खेल खेल्ने खेलाडीहरुलाई समान गरिएको शिक्षा शाखाका प्रतिनिधि देनकुमार महतोले जानकारी दिए ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल तर्फ सम्मानित हुने खेलाडीहरु प्रभातकुमार चौधरी, आयुषकुमार चौधरी, रोहनकुमार चौधरी, जीवनकुमार चौधरी, निशान्तकुमार चौधरी, अनिषकुमार चौधरी, आदित्यकुमार चौधरी, अनिषकुमार चौधरी, मेघाकान्तकुमार चौधरी रहेका छन ।
त्यस्तै कबडी तर्फ समानित हुनेहरुमा अस्मिता कुमारी कापर, प्रतिमा कुमारी यादव, उषा कुमारी राउत, शिल्पा कुमारी सिंह, मधु कुमारी सिंह, प्रियंका कुमारी महतो, करीश्मा कुमारी महतो, पिंकी कुमारी साह, चन्द्रिका राउत, पिंकी कुमारी महतो रहेकी छन ।
त्यसैगरी प्रदेश स्तरीय तर्फ माधुरी सिंह र चन्द्रिका महतो समानित भएकी छिन भने प्रदेश स्तरीय हुदैँ राष्ट्रिय स्तर सम्म खेल खेली चन्द्रनगरलाई देशैभरी चिनाउने आशा कुमारी महतोलाई पनि समान गरिएको प्रशिक्षक संतोष कुमार सिंहले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगरका खेलाडीहरुलार्ई उत्कृष्ट तथा दक्षता प्रदान गर्न छिट्टै प्रशिक्षकको व्यवस्था गर्ने घोषणा गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन