70
Shares
काठमाडौं, २१ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले हराएको छ ।
आईपीएलमा जितको लागि १ सय ७२ रनको लक्ष्य लिएर हैदरावादले ८ विकेटको क्षतिमा १ सय ६६ रनमात्र बनाएपछि कोलकाता ५ रनले विजयी भएको हो ।
हैदरावादका कप्तान एडन मारक्रमले ४१ रन बनाए । त्यसपछि अर्को विकेट गुमिरहेको बेला हेनरिक क्लासन र माक्रमले ७० रनको साझेदारी गरे । क्लासनले ३६ रन बनाए ।
हैदरावादका अब्दुल समदले २१ रन जोडे । मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रनमा आउट भए । बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २÷२ विकेट लिए ।
हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन