69
Shares
रौतहट, २२ बैशाख । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । तर १३५ वर्षपछि बुद्ध पुर्णिमाको दिन लागिरहेका चन्द्रग्रहण नेपाल र भारतमा देखिने छैनन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बुद्ध पुर्णिमाको दिन लागिरहेको चन्द्रग्रहण एसिया, अफ्रिका, युरोप, लगायतका महादेशमा रहेका विभिन्न देशहरुबाट देखिन सक्नेछ तर नेपाल र भारतमा चन्द्रग्रहण देखिने छैनन् तथा यस भु भागमा चन्द्रग्रहणको सुतक नलाग्ने जनाए ।
नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात् पृथ्वीको छायाँको कालो भाग देख्न नसकिने, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन