तस्करीको लाइन लिने सुवर्ण अवसर, रौतहट जिल्ला तस्करीको साम्राज्य बन्दै

131 Shares

सशस्त्र प्रहरी, नेपाल प्रहरी र तस्कर कारोबारी बीचको अपवित्र गठबन्धनको आधारमा रौतहट जिल्ला तस्करी गर्नेहरुको साम्राज्य बन्दै

रौतहट, २२ वैशाख । सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको साँठगाँठमा नै यतिखेर रौतहटमा तस्करी कार्य फस्टाउँदै गएका छन् ।
नेपाल भारतको खुला सीमानाको फायदा उठाउदै तस्करी कार्य गर्ने कारोवारी व्यापारीहरु यतिखेर सशस्त्र प्रहरी र नेपाल प्रहरी संग साँठगाँठको आधारमा रौतहटको मुख्य नाका गौर देखि लिएर जिल्लाको विभिन्न सीमानाकाहरुबाट अबैध तस्करी कार्य निकै फस्टाउँदै गएका हुन् ।
ब्रम्ह्पुरी, वेलविछवा, लक्ष्मिपुर, गौर, महादेवपटी, बकैया खोला, बन्जरहा, औरैया, मठिया, रामपुरखापको वशिष्ठ चोक, बंकुल, जयनगर, लतमरी, बाराको कचोर्वा, झरौखर, सिम्रौनगढ लगायतका सीमानाकाहरुबाट दिनहुँ भन्सारको राजस्व छलेर करोडौंको माल सामानहरु नेपाल भित्रिने कार्य तिव्र गतिमा भईरहेका छन् तर उक्त कार्य गराउनमा सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको अपवित्र साँठगाँठको आधारमा निर्वाध रुपमा दैनिक लाखौं राजस्व चुहावट भइरहेको पाइएका छन् ।
तस्करहरु विना अवरोधको दैनिक करोडौंको मालसामानहरु ल्याउने गरेको भएपनि सर्वसाधारण जनताहरु विहे, ब्रतबन्ध, श्राद्ध लगायत विभिन्न प्रयोजनका लागि सीमापारीबाट मुख्य भन्सार भएर ल्याउदा भन्सार सम्म आउन नपाउदै सीमा खटिएका सशस्त्र प्रहरीले जबरजस्ती थुतेर जफत गर्दा सर्वसधारणहरु सीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट हैरान भईसकेको आरोप लागेका छन् ।
तस्करहरुले चिनी, कपडा, किराना सामान, कष्मेटिक सामान, इलेक्ट्रीक सामान, स्पेयर पार्टस, सटिंगसुटिंगका कपडाहरु, साडी सहित भैंसी, राँगाहरु दैनिक रुपमा भारतबाट नेपाल भित्रिने गरेको छ भने नेपालबाट भारत तर्फ अलैची, सुकमेल, कालो मरिच, सुपाडी, चाइनिज स्याउ लगायतका सामानहरुको साथै गाई गोरु लैजाने गरेको पाइएको छ ।
सर्वसाधारणको गुनासो
गरुडा नगरपालिका ३ का गोपाल सहनीले भारतको बैरगनियाबाट छोरीको बिहेको लागि १६ हजार रुपैयाको कपडा किनेर नेपाल ल्याउँदै गर्दा बैसाख २० गते गौर भन्सार राजस्व तिर्न जाँदा सशस्त्र प्रहरीले कपडा समातेर जफत गरेका छन् । सशस्त्र प्रहरीले आफ्नो कपडा भन्सार कार्यालय सम्म पुग्नै नदिई हातबाट थुतेर जफत गरेको सहनीले सशस्त्र प्रहरी माथि गम्भीर आरोप लगाए ।
यस्तै गढीमाई नगरपालिका ४ पर्सा गाउँका मुकेन पटेलले भारतको बैरगनियाबाट उपचार गराएर फर्किदै गर्दा बैसाख २० मा आफूसित ल्याएको एक किलो काजु, बच्चालाई पढाइमा काम लाग्ने कापी तथा पेन्सिल सशस्त्र प्रहरीले जफत गर्न खोजेको थियो । पटेलले भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरी माथि दबाब दिएपछि करिब एक घन्टापछि सामान फिर्ता गरेको उनले गुनासो गरे ।
गृहमन्त्रीको ध्यानाकर्षण

गत बैसाख १६ गते सर्लाही जाने क्रममा रौतहटको चन्द्रपुरमा केही समय बस्नु भएका वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष बौद्धिमाई नगरपालिकामा नगर प्रमुखको प्रत्याशी जयप्रकाश साहले तस्करी बढेको गुनासो गरेका थिए । साहले गृहमन्त्री श्रेष्ठलाई सशस्त्र प्रहरीले व्यापक तस्करी गराइरहेको र तस्करलाई छुट दिँदै सर्वसाधारणले घरायसी सामान ल्याउँदा दुःख दिने गरेको आरोप लगाएका थिए ।
“आफू बोर्डरमा बस्ने भएकोले आफूलाई सबै कुरा थाहा भएको” बताउँदै साहले “तस्करी बन्द हुुनुपर्ने” आग्रह गरेका थिए । गृहमन्त्री सित सोझै तस्करी बन्द गर्नुपर्ने आग्रह गरिएको रौतहटमा अवैध तस्करीको संजाल फस्टाउँदै गएको सर्वसाधारणको अनुरोधबाट यहाँ तस्करीको कत्रो साम्राज्यहरु संचालनमा रहेको छ भने पुष्टि भएका छन् ।
बंकुल र रामपुरखापको बीचमा पर्ने वशिष्ठ चौक नाकाबाट खुलेआम तस्करी भइरहेको छ । तस्करहरुले रातभर प्रहरीकै मिलोमतोमा तस्करी गरिरहेका छन् तर विभागलाई रिझाउन दिउँसोको समयमा प्रहरीले दैनिक जीवन यापनका लागि सर्वसाधारणले ल्याउने सामान समात्ने गरेको उनले आरोप लगाए ।
यसै गरी गत बैसाख ७ मा रौतहटबाट तस्करी भएर गएको करिब ८ लाखको कपडा हेटौँडामा बरामद भएको थियो । उक्त कपडा छुटाउन गएका गौरका एक तस्करलार्ई मकवानपुर प्रहरीले १२ घण्टा सम्म थुनेर राखे पछि राजनीतिक दवावमा उनलाई उन्मुक्ति दिइएको श्रोतले बतायो ।
गौर भन्सार कार्यालयको राजस्व प्रभावित
गौर भन्सार भएर दिनरात सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करी भइरहँदा सर्वसाधारणले दुःख पाइएको स्पष्ट देखिएको छ । गत वर्षको तुलनामा गौर भन्सार कार्यालयको राजस्वमा निरन्तर घट्दै गएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । राजस्व चुहावट हुँदा राज्यले लक्ष्य दिए अनुसारको राजस्व संकलन हुनसकेको छैनन तर सुरक्षाकर्मीहरुको खल्ती मोटाउदै गएको कारण राजस्व संकलन कार्य प्रभावित बन्दै गएको भन्सार श्रोतबाट बुझिएको छ ।
राजस्व असुलीका लागि सीमानाकामा डिएसपी परिचालन औचित्यहिन
राजस्व संकलन प्रभावित हुँदै गएपछि सशस्त्र प्रहरी बलको संगठनले सीमानाकाहरुमा डिएसपी राखेर राजस्व उठाउने अभियान अन्तर्गत डिएसपी राखियो तर डिएसपी आएपछि तस्करी रोक्नुको साटो तस्करहरुबाट वार्गेनिंग बढि भईरहेको श्रोतले बताउँछन् ।
प्रत्येक व्यापारीहरु संग बार्गेनिंग गर्दै आएका डिएसपीहरुले नै तस्करी गराउन लगाएर सरकारी राजस्व प्रभावित पार्नमा लागि परेको हुँदा नेपालको अर्थतन्त्र धारासायी बन्दै गएको ति श्रोतले दाबी गरे । सरकारी राजस्व प्रभावित पारेर व्यक्तिगत राजस्व उठानमा संलग्न रहेका यस्ता व्यक्तिहरु विरुद्ध समयमै राज्यद्धारा कारवाही नगरिए आउदो बर्ष राजस्व ह्वातै घट्ने आशंका व्यक्त गरिएको छ ।
किसान मर्कामा
किसानहरु खेतमा हाल्नको लागि एक दुई बोरा रासायनिक मल ल्याउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले लखेटेर मल समाती जफत गर्ने गरेका छन् तर रौतहटको बंकुल र बाराको कचोर्वा नाकाबाट दैनिक सयौँले तस्करी गरी गरुडा हुँदै सर्लाहीको बरहथवासम्म पु¥याइरहँदा कैयौँ प्रहरी युनिट मूकदर्शक बन्ने गरेको पाइएको छ ।
रासायनिक मल सहित विभिन्न सामानहरु सर्लाहीबाट तस्करी
मलको तस्करी सर्लाहीको विभिन्न नाका भएर पनि भइरहेको देखिएको छ । सर्लाहीको फेन्हारा, नदियापकडी, अर्नाहा, मधुवनी, बाराउदोरण, संग्रामपुर, त्रिभुवन नगर नाकाबाट कपडा, स्पेयर पार्टस, खाद्यान्न तथा किराना सामग्री नेपालतिर आइरहेका छन् भने बालुवा, गिटी, फलफूल नेपालबाट भारततिर गइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि नरेशराज सुवेदीले सर्लाहीको गडहिया डुमरियाका प्रहरी निरीक्षक दिपेन्द्र यादवलाई करिब दुई घन्टा लामो ब्रिफिङ गर्दै तस्करी नियन्त्रण गर्न चेतावनी दिएका छन् । प्रनि यादवको संरक्षणमा तस्करी भइरहेको गुनासो आएपछि एसपि सुवेदीले चेतावनी दिए ।
प्रमुख जिल्ला अधिकारी मिश्रको चेतावनी
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लाको शान्ति सुरक्षाको साथै सीमानाकाहरुबाट गरिने अवाञ्छित गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्न पटक पटक सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिदै आएको बताए । सुरक्षा निकायका प्रमुखहरुलाई स्पष्ट रुपमा शून्य सहनशीलताको आधारमा काम गर्न तथा जिल्लाका नाकाहरुलाई अझ कडाई गरेर राजस्व संकलनमा प्रभावकारिता बढाउन भनिएको तर तस्करीको कुरा सुन्दा आफूलाई पनि चित्त नबुझेको बताउदै आफै सीमानाकाहरुको छड्के निरीक्षण गरी उक्त कार्यमा संलग्न सुरक्षा निकायका जो कोही भेटिए वा संलग्नता देखिएको खण्डमा विभागिय कारवाहीको लागि सिफारिस गर्ने चेतावनी दिए ।

रौतहटको विभिन्न नाकाबाट निर्वाध रुपमा भईरहेको तस्वीर फिचर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।