54
Shares
काठमाडौं, २२ वैशाख । ललितपुरको सानेपा र काठमाडौंको टेकु जोडने कालोपुल मुनि पर्यटक बस फसेको छ ।
पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो ।
चालकको लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेको प्रहरीले जनाए । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं ।
तर चालकले हाम्रो इशारालाई बुझेनन्,’ सो क्षेत्रमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘हाम्रो इशारा नबुझ्दा बस जमेको पानीमा फस्न पुग्यो ।’
बागमती करिडोरमा पर्ने उक्त पुल मुनिको यो बाटोमा वर्षा हुने वित्तिकै पानी जम्ने गर्दछ । पानी जमेर पोखरी नै बन्ने भएकोले प्रायः गाडीहरु फस्ने गरेको स्थानीयहरु बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन