विश्व सम्पदाको सुचीमा रहेका नेपालको धरोहर बुद्ध भूमि लुम्बनीमा चिनियाँ अवाञ्छित गतिविधिको सर्वत्र आलोचना

300 Shares

विश्व सम्पदा सूचीमा सूचीकृत भएका तथा नेपालको धरोहर, शान्तिका प्रतिक गौतम बुद्धको जन्मस्थली लुम्बिनीमा कथित रुपमा चिनियाँ नेताहरु सहित विभिन्न गतिविधिका शंकाष्पद रुपमा चिनियाँ नागरिकहरु पुगेर त्यहाँको मौलिकता माथि क्षति पुग्ने जस्ता गतिविधिहरुमा संलग्न रहेको पाइएका छन् ।
११ जनाको संख्यामा टोलीको नेतृत्व गर्दै हङकङ हुँदै काठमाडौं आइपुगेका चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका एक जना महासचिवले लुम्बिनीमा पुगेर प्रतिबन्धित गतिविधिमा संलग्न रहेका हुन् ।
चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनका महासचिव हान सोङको स्वागतमा अशोक स्तम्भ राखिएको मुल परिसरमा नै भव्य कार्यक्रम गरेर त्यहाँको वातावरण नै खलबलिने गरी कार्यक्रम गरेको पाइयो । जसले गर्दा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम भएको भन्दै सवत्र आलोचना भइरहेको छ । उक्त क्षेत्रमा कुनै किसिमको हो–हल्ला हुने कार्यक्रम तथा गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको भए पनि चिनियाँ योजना अनुसार त्यसलाई क्षति पुग्ने गरी गतिविधि गरिएको हो । यसप्रति नेपालको प्रशासनले पनि मौनता साँधेको भन्दै विरोध भइरहेको छ ।
सोङ क्याथे प्यासिफिक एअरको उडान नम्बर सिएक्स ६०३ मा राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुगेका थिए । यसअघि पनि युनेस्कोमा प्रतिबन्धित गतिविधिहरु भएको भन्दै विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो । विश्व सम्पदा सूचीबाट लुम्बिनीलाई हटाउने चेतावनीका बाबजूद पनि चिनियाँ टोली पुगेर त्यसलाई क्षति पुग्ने गरी गतिविधि गरेका हुन् ।
यसअघि लुम्बिनी विकास कोषभित्र गुरुयोजना विपरित निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचिबाट हटाउने चेतावनी दिएको थियो । लुम्बिनीको पवित्र उद्यान क्षेत्रभित्र विकास कोषले गुरुयोजना विपरित संरचना निर्माण गरेको र त्यस क्षेत्रको शान्ति खलबलाउने गतिविधि गरेको भन्दै लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्नसक्ने चेतावनी दिइएको थियो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो । यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औं सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को टोली लुम्बिनी आएर अध्ययन समेत गरेको थियो । एसीपी न्यूज नेपालको सहयोगमा तयार पारिएको समाचार ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।