62
Shares
पर्सा, २२ बैशाख । भारतबाट अवैध तबरबाट राजस्व छलेर नेपालमा भित्रयाइएको गहुँ सहित ट्रयाक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरिया नगरपालिका वडा नं. ४ स्थित सतवरीयाबाट शुक्रबार बिहान ४ बजेको समयमा अवैध तरिकाले भारतबाट नेपाल ल्याइएको ८१ क्विन्टल ४० किलोग्राम गहुँ सहित ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले कालिकामाई गाउँपालिकाबाट पोखरिया हुँदै बाराको परवानीपुर सम्म गइरहेको ना ३ त २२९५ नम्बरको ट्रयाक्टरलाई सतवरियामा रोकेर चेकजाँच गर्दा ८१ क्विन्टल ४० किलोग्राम गहुँ बरामद भएको थियो ।
यद्यपि चलानीको आधारमा मात्रै ढुवानी गर्न अनुमति नहुँदा प्रहरीले गहुँ नियन्त्रणमा लिएको हो । गहुँ ढुवानीको लागि अनलाइन विल आवश्यक पर्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन