50
Shares
गोरखा, २४ वैशाख । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।
धादिङ नीलकण्ठ नगरपालिका वडा नं. ११ का प्रकाश दवाडी बहराल एडभेन्चर प्रालिबाट पोर्टरको रुपमा लार्के पास गर्न गएका शनिबार मृत्यु भएको प्रहरीले जनाएको हो ।
दवाडीलाई बिरामी अवस्थामा देखेपछि रेस्क्यू गरेको थियो । भारी छाडेर सँगै जान आग्रह गरेपनि दवाडी नमानेपछि सो टोलीले उनलाई छाडेर गएको थियो ।
त्यसपछि एक्लिएका दवाडी शनिबार लार्के भन्ज्याङ नजिकै मृत अवस्थामा भेटिएको डीएसपी लामिछानेले जानकारी दिए ।
डायनेष्टी हेलिकप्टर मार्फत उनको शव सामा गाउँस्थित प्रहरी चौकीमा ल्याइएको छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन