73
Shares
काठमाडौँ, २४ बैशाख । प्राथमिक तहको स्थायी शिक्षकको लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ ।
खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनको लागि १ लाख १ हजार २ सय ८५ जनाले आवेदन दिएको आयोगले जनाएको हो ।
आगामी जेठ २० गते विषयगत सामान्य परीक्षा हुँदैछ । उक्त परीक्षामा सहभागी हुनको लागि अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाए ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न भनेको छ । परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्र सहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र नागरिकता, अध्यापन अनुमतिपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानी अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन