53
Shares
काठमाडौं, २४ वैशाख । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भएर उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको हो ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देही लगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएका छन् ।
प्रहरीले तीन महिना लामो अनुसन्धान पछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेका हुन् ।
उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन