63
Shares
काठमाडौं, २४ वैशाख । जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।
विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति बाफतको रकम हिनामिना भएको दाबी गरेको छ ।
यो विषयबारे मिडियामा समाचार सार्वजनिक भएपछि निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दासमेत बेवास्ता गरेकाले आजदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन