वेइजिंग, एजेन्सी । चीनमा अल्पसंख्यक समुदाय उइघुर मुस्लिमहरुको संस्कृति संग जोडिएका १६० भन्दा बढि संघसंस्थाहरुलाई चिनियाँ सरकारले बन्द गर्दा समेत पाकिस्तान किन मौन बसेको छ ? भने अहिले प्रश्न अब्जीएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘चीनको सिन्जियाङ उइघुर स्वशासित क्षेत्रको नागरिक मामिला ब्युरो’ ले उइघुर अल्पसंख्यकको संस्कृतिसँग जोडिएका १६० संस्थाहरू बन्द गर्न निर्देशन दिएको थियो । बेइजिंगको निर्देशनमा सिन्ज्याङ प्रान्तमा उईघुर मुस्लिम माथी हुने नरसंहार बारे मौन किन पाकिस्तान भन्दै मुस्लिम नागरिकहरुले बिरोध प्रदर्शन गर्दै आएका हुन् ।
चीनले यस्ता नीति ‘आतंक विरुद्धको युद्ध’ अन्तर्गत रहेको जनाउँदै आएको थियोे । यद्यपि चीन सरकारको यो कदम उइघुर समुदायको सँस्कृति र अल्पसंख्यकलाई दमन गर्ने उद्देश्यबाट प्रेरित रहेको उइघुर अभियन्ताहरूले जनाएका छन् । चीन सरकारले भन्ने गरेको आतंक विरुद्धको युद्ध खासमा उइघुर विरुद्धको युद्ध रहेको अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइघुरका संस्थापक कसिमजान अब्दुरेइम बताउँछन् । महिला युवतीहरु सँग चिनियाँ सैनिक यौन उत्पीडन देखि मानवअधिकार हनन विरुद्ध उईघुरको पक्षमा बहस सुरु गर्ने बेला धार्मिक कार्यक्रम माथी समेत प्रतिबन्धले चीनको कम्युनिस्ट सरकारको मानशिकता उजागर गरेको छ ।
चीन सरकारको सूचीमा परेका १६० संस्थाहरूमा अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइघुर, दोलान फार्मर पेन्टर्स एसोसिएसन, उइघुर क्लासिकल लिटरेचर एन्ड मुकाम रिसर्च एसोसिएसन, इन्तिल ल्याङ्ग्वेज स्कूल लगायत रहेको जनाइएको छ ।
जि २० सम्मेलन आएका पाकिस्तानका बिदेश मन्त्री लाई भारतीय बिदेश एस जय शंकरले कस्मिर बारेमा कडा गर्दा , सम्मेलन छोडेर भागेका थिए । चीनमा हुने सिन्ज्याङका मुस्लिम बारे मौन बस्ने पाकिस्तानी कश्मिरको कुरा गर्न खोजेका थिए । यता जम्मु कश्मिरमा शान्ति आएको छ ।
पाकिस्तानकाले समेत चीनमा हुने उईघुर माथी अत्याचार, हिंसा बारे मौन रहेको भन्दै सरकार विरुद्ध प्रदर्शन हुन थालेको छ ।
कसिमजानका अनुसार चीनको प्रतिबन्धित सूचीमा रहेका संस्थामध्ये अधिकांश उइघुर मुसलमान आफैँले स्थापना गरेका छन् । उनका अनुसार सिन्जियाङ कम्युनिष्ट पार्टीका नयाँ सचिव मा सिङरुइले पनि चीन सरकारको उइघुर समुदायका नागरिकलाई दमन गर्ने नीतिलाई जारी नै राखेका छन् । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन