काठमाडौँ, २५ बैशाख । राष्ट्रिय सभा सदस्य कमला पन्तले एक हजार र ५ सयको नोटलाई प्रतिबन्ध गर्नुपर्ने माग गरेकी छिन् ।
सोमवार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
अर्थतन्त्रलाई उकास्नको लागि एक हजार र ५ सयको नोटहरू प्रतिबन्ध लगाउनुपर्ने धारणा राखिन् । उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्ने तिर जानु नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्रै बजेटमा उल्लेख गर्नुपर्ने बताइन् ।
बोरामा बाँधेका पैसाहरूलाई एक हजार र ५ सयको नोटलाई ब्यान्ड गरौँ । यदि हामीले समस्या बुझेका छौँ, सकिन्छ र हिम्मत छ भने यत्ति गर्न सके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ, रुन्चे कुराले हुन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन