60
Shares
सिरहा, २५ बैशाख । सिरहाबाट १४ किलो गाँजा सहित २ युवक पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिराहको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र गोलबजार नगरपालिका वडा नं. २ का ३६ वर्षीय श्यामकुमार साह रहेको हो ।
गोलबजार नगरपालिका वडा नं. ४ शिवमन्दिर नजिकबाट १३ केजी ८ सय ४० ग्राम गाँजासहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।
प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८ सय ४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाजासहित श्याम कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन