पर्सा, २५ बैशाख । पर्सामा प्रहरीले सुन, हीरा लगायत पत्थर सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल निवासी ४५ वर्षीय बुद्धदेव मैती रहेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्राप्त गरेको विशेष सूचनाको आधारमा भारतबाट नेपाल आएका मैतीलाई प्रहरीले वीरगञ्ज–१६ शङ्कराचार्य गेटस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको सिक्री २७ थान, हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हीराजस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्नाजस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबीजस्तो देखिने पत्थर ८.४९ ग्राम, नीलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबीजस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको स्टोन ११.६०० ग्राम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
बरामद गरिएको सुन, हीरा तथा विभिन्न किसिमका पत्थरको मूल्य २९ लाख ४४ हजार ६ सय ३३ रुपैयाँ बराबरको रहेको बुढाथोकीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन