56
Shares
काठमाडौं, २६ वैशाख । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बिहान ११ बजे बस्दैछ ।
आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बिहान ११ बजे बस्न लागेको हो ।
एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ । वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सन्चालन गरेको अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन