रौतहट, २७ वैशाख । गौर नगरपालिका वडा नम्वर २ मा संस्कृत विद्यालय अर्थात गुरुकुल भवनको शिलान्यास भएको छ ।
बुधवार एक समारोहका बीच गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले संस्कृत विद्यापीठको लागि पक्कि भवन निर्माण हेतु शिलान्यास गरेको हो ।
एतिहासिक जुद्ध माध्यमिक विद्यालयको पश्चिम पटि उक्त विद्यापिठ भवनको शिलान्यास गरिएको गौर नगरपालिकाले जनाएका छन् । धार्मिक सांस्कृतिक मूल्य मान्याता एवम परंरागत रुपमा समाजमा ब्याप्त रहेका नैतिक ब्यवहारहरुको संरक्षण एवम जगेर्नाको लागि नगरप्रमुख साहले गरेको प्रतिबद्धतालाई साकार गर्दै शिलान्यास भएको बताइएको छ
गौर नगरवासीको भावनालाई आत्मसाथ गर्दै आज देखि एतिहासिक सीताराम दास संस्कृत बिद्यालय भवन निर्माणको शुभारम्भ भएको छ । संस्कृत भाषामा भनिने गरिन्छ बसुदैव कुटुम्बकमको भावना जाग्रीत गराएर समस्त बिश्व कल्याण हेतु शिक्षा दिने गुरुकुल नामक विद्यालयको शिलान्यास गर्न पाएकोमा मेयर साहले खुशी व्यक्त गरे ।
गुरुकुल बिधालयको शिलान्यास कार्यक्रममा उदयशंकर झा, धन्नजय झा, राघवेन्द्र झा, गौरीकान्त मिश्र, वडाअध्य्क्ष बिनोद जयसवाल, जयनारायण श्रीवास्तव, घनश्याम झा बाबा सीताराम दास, मुनिन्द्र ठाकुर, चुनु झा, राजीनन साह, राधेश्याम साह युवा समाजसेवी बिक्रान्त नेपाल (पालु) र प्रमोद साह, रुपलाल बैठाको साथ सयौं नगरवासी, सामाजसेवी एवम बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
गौर नपाको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरज्युले वरिष्ठ नागरिकहरुलाई सम्मान स्वरुप गमछा ओढाई सम्मान गरेका थिए । कुल ८० लाखको लागतमा निर्माण हुने उक्त भवनको प्रारम्भीक चरणमा १५ लाख रकम विनियोजन भएको हुँदा कामलाई अघि बढाइएको र विस्तारै उक्त विदापिठलाई पूर्णता नगरपालिकाले दिने समेत उनले स्पष्ट पारे ।
मेयर साहले चुनावको समयमा गरेका वाचाहरु क्रमश पुरा गर्दै जाँदा नगरवासीहरु हर्षित एवं उहाँ प्रति झन् सम्मानको भावना जागृत हुँदै गएको पाइएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन