काठमाडौँ, २८ बैशाख । देशभरी सञ्चालित एम्बुलेन्स सेवालाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निगरानी राखिएको छ ।
मन्त्रालयले देशभर सेवा दिइरहेका एम्बुलेन्सलाई केन्द्रबाटै एम्बुलेन्स ट्रयाकिङ गर्न थालेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई प्रमुख डा. समीर कुमार अधिकारीले बताए ।
अधिकारीका अनुसार हाल १ हजार ५ सय २६ वटा एम्बुलेन्स सफ्टवेयर सँग कनेक्ट भएको हो । जसमा बागमती प्रदेशका ३ सय ७९ एम्बुलेन्स रहेका छन् ।
गण्डकी प्रदेशका २ सय २४, कोशी प्रदेशका २ सय ६८, सुदूरपश्चिम प्रदेशका ८३, कर्णाली प्रदेशका ८०, लुम्बिनी प्रदेशका २ सय ४८ र मधेस प्रदेशका २ सय ४४ वटा एम्बुलेन्स रहेका छन् ।
बिरामीलाई सहज सेवाका लागि केन्द्रबाटै जीपीएस मार्फत एम्बुलेन्सलाई ट्रयाकिङ गरिने अधिकारीले बताए ।
अधिकारीका अनुसार एम्बुलेन्स सेवाको लागि १ सय २ नम्बरमा फोन गरेपछि जीपीएसबाट एम्बुलेन्स ट्रयाकिङ गरी बिरामी भएको ठाउँमा पुग्छ ।
फोन गर्दा जिल्ला, प्रदेशमा नउठेको खण्डमा मन्त्रालयको विपद व्यवस्थापन इकाईमा उठने व्यवस्था मिलाइएको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन