76
Shares
काठमाडौंँ, २८ बैशाख । अभिनेत्री आँचल शर्माको लागि २०८० को सुरुवात राम्रो हुन सकेन ।
उनले अभिनय गरेको ‘नाई नभन्नु ल ६’ को व्यवसाय त राम्रो नभएको भने अभिनयबाट उनले सकारात्मक प्रतिक्रिया समेत पाउन सकिनन् ।
उनले फिल्म छनोट देखि अभिनय सम्ममा सुधार गर्नुपर्ने सुझाव समेत दिइएको छ । फिल्म फ्लप भएपछि विभिन्न नकारात्मक टिप्पणीको सामना गरेकी आँचल अहिले सिंगापुर पुगेकी छिन् ।
सिंगापुरमा पुगेर आँचलले स्वीमिङ पुलमा रमाउँदै विभिन्न फोटो सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आँचलले पोष्ट गरेका तस्बिरमा उनी निकै हट एण्ड बोल्ड छन् ।
तस्बिरमा विभिन्न खालका प्रतिक्रिया मिलिरहेको छ । कतिपयले आँचलको तबिरलाई रुचाएका छन् भने आँचल दुब्लाएको भन्दै चिन्ता गरेका छन् । तर तस्बिर हेर्दा उनी सिंगापुर होलिडेमा खुसी देखिन्छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन