रौतहट, २८ वैशाख । पासपोर्ट बनाउनको लागि अनलाइन आवेदन फर्म भर्नमा विचौलियाहरुबाट ठगिदै आएका आम नागरिकहरुको हकमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आवेदन फर्म भर्ने व्यवस्थापन गरिएको छ ।
पासपोर्टको लागि आवेदन फर्म भर्न बाहिर साइवरहरुले सेवाग्राहरु संग अनावश्यक रकम लिएर ठगिदै आएको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहट गम्भीर भएर कार्यालयमै आवेदन फर्म भर्ने व्यवस्थापन गरेर अनावश्यक रुपमा विचौलियाहरुबाट ठगिने कार्यलाई नियन्त्रण गर्न यस्तो व्यस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएको हो ।
आउदो जेठ ८ गते सम्म परिक्षण अवधी राखेर जेठ ९ गते देखि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमै पासपोर्टको लागि आवेदन फर्म अनलाइन भर्ने व्यवस्थापन गर्दा ग्रामिण भेगबाट आउने सेवाग्राहरुलाई सुविधा पुग्ने तथा अनावश्यक रुपमा विचौलियाहरुको चंगुलबाट जोगिने उनले भने ।
जनताहरुलाई प्रत्यक्ष रुपमा सहज र सरल ढंगबाट सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयबाट त्यस्तो व्यवस्थापन गरिदा जनताहरुलाई निकै राहत पुग्ने प्रजिअ मिश्रले विश्वास लिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन