56
Shares
काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको कार्य शैलीले उत्पन्न नागरिक निराशाका कारण नयाँ राजनीतिक शक्तिको उदय भएको निष्कर्ष निकालेको छ ।
केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले नागरिक निराशालाई नयाँ शक्तिले उपयोग गरेको उल्लेख गरेको हो ।
असन्तुष्टिलाई पपुलिज्मले उपयोग गरेपनि नयाँ शक्तिहरुले समाधान दिन नसक्ने ओलीको निष्कर्ष रहेका छन् ।
दर्शन र विचारधारा नभएकाले नयाँ शक्तिहरुले समाधान दिन नसक्ने उनको निष्कर्ष गरेको छ । ‘सही दर्शन र विचार नभएको, अर्थ राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी आधारका बीचमा डोलायमान रहने यस्तो शक्तिहरु मुलुकको सही राजनीतिक विकल्प भने हुन सक्दैन’, ओलीको प्रतिवेदनमा उल्लेख गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन