54
Shares
विराटनगर, २९ बैशाख । घरायसी झगडामा आफ्नै शरीरमा आफै आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
आफ्नो शरीरमा मट्टितेल छर्किएर आफै आगो लगाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा आफै आगो लगाएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालका अनुसार विराटनगर महानगरपालिका वडा नं. १० तीनटोलियामा आफ्नै शरीरमा आफै आगो लगाएकी शर्माकी उपचारको क्रममा मृत्यु भएका छन् ।
सो आगलागीपछि उपचारको लागि कोशी अस्पताल, विराटनगरमा ल्याइएको थियो । प्रहरी प्रवक्ता दाहालले जानकारी दिए । महिलाको आगो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन