बारा, २९ बैशाख । बारामा पिकअपको ठक्करबाट बसमा सवार भएको यात्रुको मृत्यु भएको छ ।
शुक्रबार बिहान बाराको जितपुर सिमरा उप महानगरपालिका वडा नं. २३ भलुही चौकमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको हो ।
पिकअपको ठक्करबाट बसमा सवार यात्रु पर्सा कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महतो नुनियाको मृत्यु भएको प्रहरीले जनाए ।
वीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख ९३६१ नम्बरको बसलाइ विपरित दिसाबाट आउँदै गरेको प्रदेश २ –३ –००१ –च –२४५२ नम्बरको पिकअपले ठक्कर दिदाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
यात्रुवाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बाराको सिमरा निवासी तिर महमदलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको प्रवक्ता पाण्डले वताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन