जनकपुरधाम, २९ बैशाख । मधेश प्रदेश सरकारले सत्तासीन गठबन्धन दलहरुको सहमति अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।
गठबन्धनमा रहेका दलहरुको बसेको बैठकको सहमतिबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको हो ।
संसदीय दलका नेताहरुको विहीबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम र बजेटको विषयमा बृहत् छलफल गर्ने सहमति गरेका छन् ।
बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादव, माओवादी केन्द्र संसदीय दलका नेता भरत साह, लोसपा संसदीय दलका नेता अभिराम शर्मा र जनमत पार्टीका संसदीय दलका नेता महेश यादवको सहभागिता रहेको स्रोतले जनाए ।
सरकार गठन भएको साढे तीन महिनामा गठबन्धनबाट एमाले बाहिरिनुका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, बारा जिल्लाको उपनिर्वाचनले गर्दा सरकार ठोस कामहरु सार्वजनिक गर्न सकेको छैन ।
मुख्यमन्त्री यादवले गठबन्धनको सहमति अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याइने बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन