रौतहट, २९ वैशाख । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग र सरोकारवालाहरु बीच शुक्रवार रौतहट सदरमुकाम गौरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य उत्तम सुवेदी, सदस्य गणेशबाबु अर्यालले उपस्थित सरोकारबालाहरु विच यस जिल्लाको यथार्थ अवस्थाको जानकारी लिए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जाँचबुझ आयोग गठन हुनु अगावै रौतहट जिल्लामा ९२ वटा उजुरी दर्ता भएका थिए जसमध्ये ८ वटा फर्छयौट भइसकेको बताए । तर आयोग गठन भएपछि हिजो सम्म २०९ वटा उजुरी परेका थिए, आज मात्रै १५२ वटा गरेर ३६१ वटा उजुरी दर्ता भइसेको उनले जानकारी गराए ।
रौतहटमा रहेका १८ वटा स्थानीय तह मध्ये सबैभन्दा बढि कटहरियाबाट ३५ र सबैभन्दा कम राजदेवीबाट उजुरी दिनेको संख्या शुन्य रहेको बताउदै गरुडामा २७, गौरमा ११, चन्द्रपुर, गढीमाई, वृन्दावन, देवाही गोनाही, गुजरा, फतुवा विजयपुर, मौलापुर, बौधीमाई, परोहा, इशनाथ, राजपुर, माधवनारायण नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिका गरेर ३६१ वटा उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रजिअ मिश्रले जाँचबुझ आयोग समक्ष जानकारी गराए ।
यी उजुरीहरुमा बढि औषधी उपचारको लागि लिएको तथ्याँक रहेको बताउदै उक्त उजुरीहरुको वास्तविक्ता छानविन गर्न आयोग समक्ष पेश गरिने उनले स्ष्पट पारे ।
आयोगको टोली समक्ष, स्थानीय तहका प्रमुखहरु भिखारी राय यादव, बैजनाथ प्रसाद यादव, शम्भु कुमार सिंह, प्रदीप यादव, विनोद कुर्मी, नेपाल बार एशोसिएशनका अध्यक्ष नन्दकिशोर साह, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवाल, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, पूर्व नगरप्रमुख धिरेन्द्र सिंह, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले मिटर व्याज पिडीतहरुलाई कसरी न्याय सम्पादन गरिने, पीडकलाई कानुनी दायरामा ल्याउने लगायतका जिज्ञासाहरु रोखका थिए ।
अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य सुवेदीले सहजी करण गर्दै आयोग सत्यताको धरातललाई टेकेर कार्य गर्ने बताए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन