ठूलो परिमाणमा लागुऔषध सहित सर्लाहीमा २ जना पक्राउ

70 Shares


राधेश्याम कुशवाहा
सर्लाही, ३० वैशाख । सर्लाहीमा प्रहरीले रात्री बसबाट ठूलो परिमाणमा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यलय, बरहथवामा शनिबार आयोजित पत्रकार सम्मेलनमा   लागुऔषध सहित दुवै जना अभियूक्तलाई सार्वजनिक गरेको हो ।
गत २८ गते बिहिवारका दिन इलाका प्रहरी कार्यलय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्दरपुर चोहर्वाको संयूक्त टोलिले बरहथवा नगरपालिका वार्ड न.५ स्थित चोरनिया पुल नजिकै बरहथवा –नयाँरोड सडक खण्डबाट यात्रुवाहक बसबाट ठूलो परिमाणमा लागुऔषध सहित २ जनालाई पक्राउ गरेका थिए ।
पक्राउ पर्नेमा गोडैता नगरपालिका वार्ड न.११ निवासी खोभारी सहिनीको २२ बर्षिय छोरा सहचालक अजय सहनी र बहरथवा नगरपालिका वार्ड न. ८ निवासी मिया दर्जीको ३२ बर्षिय कन्डक्टर ताज बाबु दर्जी रहेको प्रहरीले जनाएको हो ।
गत बिहिवार राति ८ बजेको समयमा बिष्णु गाउँपालिका वार्ड न. ३ मधुवन बजारबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०६–००१ख ०००३ नं.को यात्रु बाहक बसलाई इ.प्र.का. बरहथवा सर्लाही कार्यालयबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्दरपुर चोहर्वाको समेतको संयुक्त टोलीले उक्त गाडीलाई रोकी चेक जाँच गरेका थिए ।
गाडीलाई चेकजाँच गर्दा गाडीमा सवार सहनीले बोकेको निलो रंगको ब्याग र ताजबाबु दर्जीले बोकेको सेतो रंगको बोराबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेका थिए ।
सहनीले बोकेको निलो रंगको ब्यागबाट कोडिवेल कफ सिरप लेखिएको १०० मिलिको बोतल ८९ थान, नुफिन लेखिएको २ मिलिको एम्पुल ९१ थन, डाइजेपाम लेखिएको २ मिलि को एमपुल ९१ थन, फेनेरग्यान लेखिएको २ मिलिको एम्पुल ९२ थान, नाइट्रभेट –१० लेखिएको २० पतामा रहेको प्रति पता १५ वटा टयाब्लेट (गोटी) को दर ले ३०० पिस(टयाब्लेट) र नाइट्रोकेयर १०– लेखिएको ९० पतामा रहेको प्रति पता १० वटा टयाब्लेट(गोटी)को दरले ९०० पिस (टयाब्लेट) भएको थियो भने दर्जीले बोकेको सेतो रंगको बोराबाट कोडिवेल कफ सिरप लेखिएको १०० मिलिको बोतल ९८ थान लागुऔध बरामद भएको प्रहरीले जनाएको हो ।
उनिहरुको साथबाट एक एक थान स्क्रिन टच मोबाईल समेत बरामद भएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सर्लाहीबाट लागुऔषध मुद्दामा म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाईएको इलाका प्रहरी कार्यलय, बरहथवा सर्लाहीका डिएसपि मकेन्द्र मिश्रले जानकारी दिए । यस घटनामा अरु पनि संलग्न त छैन भने अनुसन्धान भई रहेको उनको भनाई छ ।
सर्लाही लगायत मधेस प्रदेशका जिल्लाहरुमा खुल्ला सिमाना र भारतीय बजारहरुमा लागुऔषधको खुलेआम बिक्रि वितरणले गर्दा लागुऔषध नियन्त्रणमा समस्या हुदै आएको जानकारहरु बताउँछन । लागुऔषध नियन्त्रणका लागि दुवै देशका प्रतिनिधि र सुरक्षाकर्मीले सक्रियाता देखाउनु आवश्यक रहेको उनिहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।