रौतहट, १ जेठ । पुर्व पश्चिम राजमार्गमा आईतवार राति भएको मोटर साईकल दुर्घटनामा परेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ ।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ बर्षिय गोपाल कुमार यादवको गए राती ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाही स्थित घर जाने क्रममा पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर –बागमती सडक खण्डको लच्का नजिकै मोटर साईकल ट्रेक्टरमा ठोक्कीदा ज्यान गएको हो । पश्चिमबाट पुर्व जादै गरेको प्रदेश २-०३-०२० प २१९४ नम्बरको मोटर साईकल पुर्वबाट पश्चिम तिर आँउदै गरेको ना २ त २९८३ नम्बरको ट्रेक्टरमा ठोक्किएर उक्त दुर्घटना भएको ईप्रका चन्द्रपुरले जनाएको छ ।
मृतक यादवको शव चन्द्रपुर स्थित सरकारी अस्पतालमा रहेको र ठक्कर दिने ट्रेक्टरका चालक र ट्रेक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन