61
Shares
काठमाडौं, १ जेठ । आगामी कार्यदिशा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय समितिको पूर्ण बैठक सोमबार साढे ११ बजेदेखि एसआर बैंक्वेट, धुम्बाराहीमा सुरु हुँदैछ ।
एसआर बैंक्वेट, धुम्बाराहीमा आज साढे ११ बजेदेखि सुरु हुने बैठक जेठ ३ गते सम्म चल्ने हो ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था र निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति लगायतका विषयमा छलफल गर्ने राप्रपाले जनाए ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको आगामी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको संगठनको रणनीति र कार्यनीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवाल यसम्बन्धी र आर्थिक प्रतिवेदन पनि बैठकमा पेस गरिनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन