59
Shares
बारा, १ जेठ । बारा जिल्लाको कलैयाबाट काठमाडौँ तर्फ जाँदै गएको पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा आफैँ अनियन्त्रित भई बस दुर्घटना हुँदा कम्तिम ३१ जना घाइते भएका छन् ।
कलैयाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो ।
खैरहनी नगरपालिका वडा नं. ८ पर्सा बजारमा बस दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएका छन् ।
दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको, १४ जना घाइते भएको र अन्य १६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन