वीरगञ्ज, १ जेठ । वीरगञ्ज–पथलैयामा स्थानीय सरकारबाट जथाभावी कबाडी कर उठाउनेलाई अवैध पैसा असूली गर्ने समूह प्रहरीको नियन्त्रणमा आएको छ ।
स्थानीय सरकारबाट कबाडी कर उठाउने जिम्मा सकारेर राजपथमा भारतबाट आउने मालवाहक ट्रक र अन्य सवारीसाधन समेतबाट जथाभावी अवैध पैसा असूली गर्ने समूहलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीका अनुसार जबर्जस्ती कर असूल गरिरहेका ४ जना पक्राउ परेका छन् । उनीहरुलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ स्थितको राजमार्गबाट रङ्गे हात पक्राउ गरिएको बारा प्रहरीले जनाए ।
एच एण्ड जे ट्रेडर्स नामको संस्थाले कवाडी कर उठाउने जिम्मा सकारेर मालबाहक तथा खाली सवारी साधनसँग समेत अवैध तरिकाले पैसा असूल गरिरहेको गुनासो पश्चात उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दियो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ का २७ वर्षिय पप्पु गुप्ता, सोही ठाउँमा २५ वर्षिय श्रीकान्त पटेल, बिन्दबासिनी गाँउपालिका वडा नं. १ का १९ वर्षिय चन्दन कुमार पण्डित र भारत घर भएका २१ वर्षिय सुरजकुमार गुप्ता रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन