56
Shares
बारा, १ जेठ । बाराको आदर्श कोतवाल गाउँपालिका १ च्युटाहाको एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएको छ ।
३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरी देवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको हो ।
लामखुट्टे धपाउन बालिएको घुरोबाट सल्किएको आगोबाट उक्त घटना भएको बारा प्रहरीले जनाएको छ ।
आगलागिबाट घाइते भएका चारै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरी देवीको अवस्था गम्भिर रहेका हुन् ।
घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् । डिएसपि पाण्डेका अनुसार आगलागीबाट ४ लाख १० हजार बराबरको क्षति भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन