धनुषा, १ जेठ । धनुषामा रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विस्तारमा सक्रिय भएका छन् । धमाधम पार्टीले नगर कमिटि र विभागको जिम्मेवारी बाँडफाँट गरिरहेका हुन् ।
जनकपुरधाम उपमहानगरबाट सुरु भएको संगठन विस्तार हाल सम्म धनुषाको ४ वटा पालिकामा गरिसकेको रास्वपाका धनुषा जिल्ला संयोजक डा. जय प्रकाश महतोले जानकारी दिए ।
उनका अनुसार दुई पालिकामा नगर स्त्तरीय समिति बनाइएको छ । मिथिला र क्षिरेश्वरनाथमा नगर कमिटि गठन र विभागको जिम्मेवारी सर्वसहमतीले चयन गरिएको उनले बताए ।
मिथिला नगरपालिकामा नगर सभापतिको जिम्मेवारी बलराम ठकुरलाई दिइएको हो । सोही समितिको उप सभापति पदमा सन्तोष पहाडी, कोषाध्यक्षमा हरि देव महतो रहेका छन् भने सदस्यहरुमा कृष्ण बहादुर मिजार, जीवन कुमार लामा र सिमा देवि पाठक छन् ।
सोही पालिकाको सरसफाइ तथा खाने पानि बिभागको जिम्मेवारी सुदर्शन कुमार प्यकुरेल, सूचना तथा गुनासो बिभाग भिम प्रसाद पहाडि, उद्योग बिभाग– बिरेन्द्र कुमर महतो र बिकास तथा निति निर्माण बिभागमा रुपेश कुमार दुबेलाई जिम्मेवारी दिइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन