64
Shares
काठमाडौँ, १ जेठ । राप्रपाकोे केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले एक व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्थाको लागि पार्टीले लबिङ गर्ने प्रतिबद्धता जनाएको छ ।
राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जोड दिएको हो । यसैगरी जनप्रतिनिधिहरूको संख्यामा व्यापक कटौती, अभिभावकीय संस्थाको रुपमा राजसंस्था, प्रदेश संरचनाको खारेजी, केन्द्र र बलियो स्थानीय तहमात्रै कायम राख्ने पक्षमा पार्टीले प्रतिबद्धता जनाए ।
यस्तै सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पक्षमा पार्टीले प्रतिबद्धता जनाएका छन् ।
यसैगरी कल्याणकारी राज्य, सुदृढ राष्ट्रियता, विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा पार्टीले उच्च प्राथमिकता दिने भएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन