80
Shares
जनकपुरधाम, २ जेठ । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सरकारबाट हटेको डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।
प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोज यादवले जानकारी दिए ।
२७ पुसमा एमाले लगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोज कुमार यादब मुख्यमन्त्री बनेका थिए । सरकारमा ४ मन्त्रालय सहित एमाले सहभागी बनेको थियो ।
केन्द्रमा समिकरण फेरिएपछि गत चैत २२ गते मुख्यमन्त्रीको दबाबमा एमालेका मधेश सरकारका ४ मन्त्रीले राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका थिए । तर समर्थन फिर्ता लिएको थिएन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन