चिनियाँ बीआरआई परियोजनाको साख घट्दै

77 Shares

इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन ।

जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआरआईको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आर्थिक संकटको चेतावनी दिएका छन् । युक्रेनमा जारी आक्रमणसँगै पश्चिमा मुलुकले रुसमाथि लगाएको प्रतिबन्धको असर पनि बीआरआईमा देखिएको विश्लेषकहरु बताउँछन् ।

पछिल्ला केही वर्षयता बीआरआई मातहतका सम्झौतामा पनि कमी आएको छ । चिनियाँ कम्पनीले बीआरआई सम्झौता भएका मुलुकमा साझेदार पाउन पनि कठिन हुँदै आएको बताइन्छ ।

चीनको साङ्घाईमा रहेको फुदान विश्वविद्यालयको ग्रिन डेभलपमेन्ट एण्ड फाइनान्स सेन्टरका अनुसार नेपाल अङ्गोला, रुस, श्रीलंकाजस्ता १४ वटा मुलुकमा सन् २०२१ को तुलनामा सन् २०२२ मा बीआरआईअन्तर्गतका लगानी र निर्माण परियोजनामा शत प्रतिशत गिरावट आएको छ ।

त्यसैगरी, बीआरआई मातहत मै निर्माण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोरमा ३४ प्रतिशत, सब सहारन अफ्रिकामा बीआरआईका लगानीमा ६५ प्रतिशत तथा निर्माणमा ४४ प्रतिशत गिरावट आएको जनाइएको छ । त्यस्तै, पश्चिम एसियामा पनि चिनियाँ लगानीमा उल्लेखनीय गिरावट देखिएको छ ।

पछिल्लो समय साझेदार मुलुकहरुले पनि बीआरआईलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । बीआरआई परियोजना अन्तर्गत सञ्चालित इक्वेडोरको कोका कोडो सिनक्लेयर जलविद्युत परियोजना र अङ्गोलाको आवास कार्यक्रमको भविष्यबारे पनि प्रश्न उठेको छ । भ्रष्टाचार, भारी ऋण, वित्तीय समस्या, पारदर्शीताको अभावजस्ता कारणले पनि बीआरआईको औचित्यमा प्रश्न उठ्ने गरेको छ ।

सन् २०२१ मा एडडेटाले प्रकाशित गरेको तथ्यांकअनुसार बीआरआईसँग सम्बन्धित ३५ प्रतिशत परियोजनाहरु भ्रष्टाचार, श्रमिकमाथि हुने दुव्र्यवहार, पर्यावरणीय क्षतिजस्ता समस्याले ग्रस्त छन् ।

हालै मलेशियाले ११ अर्ब ६० करोड डलर बराबरको चिनियाँ पूर्वाधार परियोजना रद्द गरिदिएको थियो । त्यसैगरी, कजाखस्तानले १ अर्ब ५० करोड डरल तथा बोलिभियाले १ अर्ब डलर बराबरका चिनियाँ परियोजना रद्द गरेका थिए । यसबाहेक कोस्टा रिका, सुडान, इथियोपिया, इक्वेडोर, जाम्बिया, क्यामरुनजस्ता मुलुकले पनि ३ अर्ब ३० करोड डलर बराबरका चिनियाँ परियोजना रद्द एवम् स्थगित गरेका छन् ।

कोरोना भाइरसको महामारीसँगै विकसशील मुलुकमा देखिएको आर्थिक कठिनाईले पनि बीआरआईबारे नकारात्मक धारणा उत्पन्न हुने गरेको छ । बेलायतको ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटले विश्वभर २ अर्ब ४० करोड डलर बराबरका १५ वटा बीआरआईअन्तर्गतका परियोजनामा आर्थिक समस्या देखा परेको उल्लेख गरेको छ ।

बीआरआईको घट्दो लोकप्रियताबारे चिनियाँ नेतृत्वले पनि चासो देखाउन थालेको विश्लेषकहरु बताउँछन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङले बारम्बार बीआरआईलाई ‘शताब्दीकै परियोजना’ बताउने गरेका थिए तर सन् २०२२ मा राष्ट्रपति सीले कुनै पनि सम्बोधनमा बीआरआईको नामसमेत उच्चारण गरेनन् । यसबाट पनि बीआरआई अझ जटिल बन्दै गएको र यसका लागि बलियो जोखिम नियन्त्रण एवम् साझेदारी आवश्यक रहेको देखिन्छ । खबरहब

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।