भलोहियामा रहेका डोम समुदायको ६ परिवारले पक्कि घर पाए

382 Shares

तराई टप संवाददाता
रौतहट, ८ असार । बर्षौ देखि घरजग्गा विहिन भई सार्वजनिक सडकको पेटीमा बस्न बाध्य रहेका डोम समुदायलाई घर हस्तान्तरण गरी बसोबास गराइएको छ ।


सडक पेटिमा फुसको छाप्रो बनाएर गुजारा चलाउदै आएका डोम समुदायको ६ घर परिवारलाई दुर्गा भगवती गाउँपालिकाले एकिकृत नमूना बस्ती अन्तर्गत पक्कि भवन बनाएर हस्तान्तरण गरी बसोबास गराएको हो ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा रहेका ६ डोम परिवार गाउँबाट बाहिर सार्वजनिक सडकको पेटीमा फुसको छाप्रो बनाएर बस्दै आएका ति परिवारलाई पालिकाको आर्थिक लगानीमा तयार पारिएको एकिकृत भवन बनाएर उनीहरलाई पालिका प्रमुखद्धारा एक समारोहका विच लक्ष्ति समुदायलाई पक्कि घर हस्तान्तरण गरिएको छ ।


बर्षौ बर्ष देखि जग्गा विहिन रहेका डोम समुदायहरु बाटो छेउमा फुसको छाप्रो बनाएर जिवन यापन गर्दै आएको, उनीहरु बासको चोयाबाट बनाइने विभिन्न समानहरु तयार पारेर विक्री वितरण गरी परिवार चलाउदै आएको भएपनि चिसो, बर्षा र बाढीको समयमा निकै कष्टकर जिवन विताउनु परेका थिए तर आज पक्कि घर पाउदा निकै खुशी लागेको झकुरी देवी मल्लिले बताइन् ।
समुचित आवास पाउने कहिले पनि कल्पना नगरेको तर पालिका प्रमुखको डोम समुदाय प्रतिको सोच सकारात्मक भई भवन बनाएर बस्नको लागि हस्तान्तरण गरिदा कतै दिवा स्वप्न देखिरहेको त छैनौं भने भान भईरहेको तर वास्तविक अवस्थामा हामी जस्ता अति विपन्न परिवारलाई घर उपहारमा पाउदा पालिका अध्यक्ष प्रति आभार व्यक्त गरे ।
भलोहिया गाउँ भन्दा उत्तर दिशामा कैलाश पोखरीको छेउमा रहेको एलानी जग्गामा ६ वटा घर बनाएर उनीहरुलाई हस्तान्तरण गरिएको दुर्गा भगवती गाउँपालिकाको कार्यालय गंगापिपराले जनाएको छ । प्रत्येक घर सात धुर जग्गामा बनाइएको छ । हरेक घरमा २ वटा सुत्ने कोठा, किचेन, शौचालय, हल र छानामा चढ्नका निमित्त भर्यांग बनाइएका छन् । करिव ६० लाख रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको एकिकृत नमूना डोम वस्ती पूर्ण रुपमा सुविधा सम्पन्न रहेको दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहले जानकारी दिए ।
६ जना डोम समुदायको परिवारलाई घरको साथै एउटा सामुदायिक भवन पनि उनीहरुकै लागि बनाइएको बताउदै पालिका प्रमुख साहले पालिकाको हरेक वडामा अति विपन्न एवं डोम समुदायको लागि एकिकृत नमूना बस्ती बनाउने अभियानको पहिलो खुडकिला मात्रै पार गरेको वताए । वडा नम्वर १, ३, ४ र ५ मा यो अभियानलाई आउदो बर्षमा पुरा गर्ने प्रतिबद्धता जनाए ।
उक्त हस्तान्तरण कार्यक्रममा जनता समाजवादी नेपालको केन्द्रीय सदस्य रेबन्त झा, वडाध्यक्ष सुरेश चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द ठाकुर सहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।