इस्लामावाद, एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उनकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ ।
पाकिस्तानी समाचार च्यानल एआरवाई न्युजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका नेताहरूलाई नजरबन्दमा राख्न आदेश जारी गरेका हुन् । उनीहरूलाई मेन्टेनेन्स अफ पब्लिक अर्डर (एमपीओ) को दफा ३ अन्तर्गत नजरबन्दमा राखिएको छ । उनीहरूलाई १५ दिनका लागि नजरबन्दमा राखिएको छ ।
पार्टी नेता मुसरत जमशेद चीमालाइ रिहाइपछि पुनः तुरुन्त गिरफ्तार गरिएको थियो । पक्राउ परेपछि कुरेशीले जेलबाहिर बोल्दै आफू अझै पनि पीटीआईको हिस्सा रहेको र रहिरहने बताएका थिए ।
त्यसपछि पूर्वमन्त्रीलाई प्रहरीले अज्ञात स्थानमा लगेको जिओ न्युजले जनाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष शिरीन मजारीले पीटीआई छोड्ने र राजनीति छोड्ने घोषणा गरेको केही घण्टापछि उनले पार्टीमा रहने बताएका हुन् ।
उनले आन्दोलन सिर्जना नगर्ने र मजदुरलाई भड्काउने काम नगर्ने प्रतिबद्धता जनाएपछि इस्लामाबाद उच्च अदालतले मंगलबार कुरेशीलाई रिहा गर्न आदेश दिएको थियो ।
पूर्व प्रधानमन्त्री इमरान खानलाई गत मे ९ मा अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरेपछि पीटीआईका कार्यकर्ताले हिंसात्मक प्रदर्शन सुरु गरेको २४ घण्टाभित्र इस्लामाबादबाट पक्राउ परेका शीर्ष नेतामध्ये कुरेशी पनि एक थिए ।
पञ्जाब र खैबर पख्तुनख्वामा भएको दङ्गा र आगजनीको घटनामा पूर्व विदेशमन्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट