निर्वाचित भएका एक बर्षको कार्य प्रगति विवरण सार्वजनिक गर्दै गौर नगरप्रमुख शुम्भ साह

140 Shares

रौतहट, १२ जेठ । जनप्रतिनिधिहरुको जाँगर, कर्मचारीहरुको मेहनेत, नगरवासीहरुको स्नेह माया, गौर नगरप्रमुख शम्भु साहको कुशल नेतृत्वको कारण गौर नगरपालिकाले आफनो उत्कृष्ट पहिचान कायम गर्न सफल भएको छ ।
गौर नगरप्रमुखको पदमा शम्भु साह निर्वाचित भएको एक बर्षको अवधीमा गौर नगरपालिका मधेश प्रदेशमा पहिलो स्थान प्राप्त गरेका छन् ।
२०७९ साल जेठ ६ गते गौर नगरप्रमुखको कार्य भार सम्हालेका शम्भु साहले एक बर्षको अवधीमा गौर नगरमा विकास निर्माण कार्य देखि लिएर नगरवासीको इच्छा, आकाँक्षा माथि खरो उत्रिदै कार्य सम्पादन मूल्याँकनको दृष्टिकोर्णबाट मधेश प्रदेशको १३६ पालिकामा उत्कृष्ट पालिकाको उपाधी प्राप्त गर्न सफल भएका हुन् ।
कार्य सम्पादन मूल्याँकन र कार्य सम्पादन सुचक वापत गौर नगरपालिकाले ६५.१९ अंक प्राप्त गरेर प्रदेशमै उत्कृष्ट नगरपालिकाको उपाधी पाएकोमा गर्व महसुस गर्दैै गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले प्रदेशको १३६ पालिकाहरुमा उत्कृष्ट हुँदा गौर नगरका नागरिकहरुलाई गर्व गर्ने अवसर प्राप्त भएको हुँदा आफूलाई निकै हर्षित बनाएको बताए । हामी चाहन्छौ मुलुकभरीकै पालिकामा उत्कृष्ठ नगरपालिकाको १० पालिकाको सूचि भित्र ल्याउने आफू हर सम्भव प्रयास गर्ने छु उक्त कार्यमा नगरवासी सहित यहाँका सवै पार्टीका नेता एवं कार्यकर्ताहरुको साथ सहयोगको अपेक्षा गरे ।

पालिका उत्कृष्ट भएको तथा आफूले बर्ष भरी गरेको कार्यको समिक्षा गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै विकास निर्माणको कार्य, बाटो ढलान, नयाँ ट्रयाक संचालन, बाँध अतिक्रमण हटाएको, नाला निर्माण, विजुलीको पोल सार्ने कार्य, शहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई सुचारु गराइएको, तिन वटा पोखरीमा सुर्य मन्दिरको निर्माण भईरहेको, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसि ढलान गराएको, धेरै दिन देखि अलपत्र अवस्थामा रहेको झुलुंगे पुलको निर्माण कार्य पुरा गराएर उदघाटन गरिएको, शिक्षाको क्षेत्रमा विद्यालयहरुमा नियमित रुपमा निरीक्षण गरेर सुधार गर्दै ल्याएको, स्वास्थ्य क्षेत्रमा सिसवामा बर्थिंग सेन्टर, वडा नम्वर १ मा ल्याव संचालनमा ल्याइएको, प्रादेशिक अस्पतालमा पनि धेरै सुधार ल्याइएको, सरसफाईको क्षेत्रमा नियमित रुपमा इ रिक्साको ल्याएर फोहर ब्यवस्थापन गरिदै आएको, बारुण यन्त्र क्षतिग्रस्त भएपछि बैकल्पिक व्यवस्था गरिएको लगायतका बहुसंख्यक कार्यहरु गरिएको उनले जानकारी गराए ।
नगरवासीहरुको साथ र सहयोग यसरी नै जारी रहयो भने गौर राइस मिल्सको जग्गालाई चाँडै अधिग्रहण हुने, सडक, नाला, विजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईको क्षेत्रको साथै बरहवा ताललाई पर्यटकिय क्षेत्रमा व्यवस्थित गराएर यहाँका व्यवसायीक क्षेत्रलाई समेत टेवा पुर्याउने कार्यमा हामी दिर्घकालिन होस भनेर काम गर्ने मेयर साहले प्रतिबद्धता जनाए ।
सो पत्रकार सम्मेलनमा गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले नगरप्रमुख शम्भु साहको नेतृत्वमा जनप्रातिनिधिहरु, कर्मचारीहरुको अथक मेहनत तथा नगरवासीको स्नेह र सदभावको कारण गौर नगर मधेर प्रदेशमै उत्कृष्ट भएको गौरव समस्त नगरवासीले गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।