रौतहट १५ जेठ । गणतन्त्र दिवशको उपलक्ष्यमा रौतहट सदरमुकाम गौरमा बृहद कार्यक्रम गरी मनाइएका छन् ।
नेपाल भारत सिमा क्षेत्र क्रान्तिद्धर निर बनाइएको टावरलाईट सहितको राष्ट्रिय झण्डा भएको स्थानमा विविध कार्यक्रम गरेर भव्यताका साथ गणतन्त्र दिवस मनाइएका हुन् ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा झण्डोतोलन गरेर झण्डा फहराए । उक्त स्थानमा विभिन्न फुलका विरुवाहरु रोपिनुका साथ गणतन्त्र स्थापनाको लागि आहुती दिने ज्ञात अज्ञात सहिदहरु प्रति भाव पूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
संविधान सभाबाट विंस २०६५ जेठ १५ गतेको दिन जनआन्दोलन २०६२÷०६३ को जगमा गणतन्त्र घोषणा भएको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
नगरप्रमुख शम्भु साह, उपप्रमुख शैल देवि साह, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, वीर दल गण का प्रमुख सेनानी गंगा बहादुर बिष्ट, अनुसंन्धान प्रमुख चन्दन झा, नगर प्रवक्ता अर्जुन सिंह लगायत नगरका वडाअध्यक्षहरुको साथै विभिन्न बिधालयका प्रधानाध्यापक एवम विद्यार्थी हरुको उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसका अवसरमा नगरप्रमुख साहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरे ।
टावरलाईट सहितको बहुउपयोगी टावरलाई गौर नगरप्रमुख शाहले गौर नगरवासीलाई हस्तान्तरण गरे ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट