तराई टप संवाददाता
रौतहट, १० असार । दुर्गा भगवती गाउँपालिकाको पाँचौं गाउँ सभा हर्षौउल्लासको साथ सम्पन्न भएको छ ।
नेपाल सरकारको निति ऐन बमोजिम प्रत्येक बर्ष असार १० गते भित्र अगामी कार्यक्रमको लागि निति, कार्यक्रम तथा अनुमानित बजेटको योजनाहरु तर्जुमा गरेर गाउँ वा नगर सभाबाट पारित गराउनु पर्ने कानुनी प्रावधान अनुरुप दुर्गा भगवती गाउँपालिकाले आज गाउँ सभा सम्पन्न गरेको हो ।

दुर्गा भगवती गाउँपालिकाको कार्यालय गंगा पिपरामा भएको गाउँ सभालाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार साहले आउदो आर्थिक बर्ष २०७८÷०७९ को अनुमानीत ३५ करोड ९७ लाखको अनुमानित बजेट प्रस्तुत गरे । पुंजिगत, चालु, तथा वित्तिय समानिकरण गरेर उक्त बजेट पेश गरिएको बताए ।
गाउँपालिकाको वृहत्तर हितको पक्षमा निरन्तर रुपमा काम गरिरहेको भएपनि कहि कतै जनगुनासोहरु भए त्यसालार्ई पनि समाधान गर्दै जन आकाँक्षा अनुरुप विकासको गतिमा दुर्गा भगवती गाउँपालिका धेरै फड्को मारेको स्पष्ट पारे । डोम समुदायलाई स्थायी बसोबास होस वा वडा नम्वर ५ बडहर्वाको ३३ बर्ष देखि विस्थापित जिवन विताईरहेका ३२ परिवारलाई जग्गा उपलब्ध गराउनुको साथै पालिका भित्र समुचित सड्क, विजुली वत्ती, सर सफाई, फोहर व्यवस्थापन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको भएपनि कतिपय काम गर्न बाँकी रहेकोमा आउदो आवमा पुरा गर्ने प्रतिबद्धता जनाए ।
विद्यालय भवन, मठ मन्दिर, मस्जिद, मदर्शा, सामुदायिक भवन, सोलार बत्ति, स्वास्थ्य भवन, पालिका भवन लगायतको कार्यहरु विस्तारै पुरा हुदै जानेछ । राज्यबाट प्राप्त भएको बजेटमा सिमित रहेर काम गर्नुपर्दा धेरै काम भएको हुँदा गरिव निमुखा एवं पालिका बासीहरुलाई आउदो आर्थिक बर्षमा ग्यास सिलिण्डर सहितको चुल्हो वितरण गर्ने योजना रहेको स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन