इशलामावाद, एजेन्सी । कट्टर मुस्लिम देशको रुपमा प्रख्यात रहेका पाकिस्तानको न्यायालय पनि घोर हिन्दु विरोधी रहेको पुष्टि भएका छन् ।
भनिन्छ कहि कतै न्याय नपाएको खण्डमा न्यायालयको सहारा लिइन्छ तर पाकिस्तानमा बसोबास गरिरहेका हिन्दुहरुलाई न्याय दिने कोही छैनन् उनीहरु बधुवा मजदुर सरह बस्नुपर्ने बाध्य रहेका हुन् ।
धर्म परिवर्तन भएकी हिन्दू युवतीलाई परिवारसँग जान अनुमति दिन पाकिस्तानका न्यायाधीशले अस्वीकार गरेको समाचार बाहिरिएको छ ।
पाकिस्तानमा कथित रूपमा अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गरिएकी १४ वर्षीया हिन्दु केटीलाई पाकिस्तानको एक अदालतले आफ्ना आमाबुवासँग जान आग्रहलाई अस्वीकार गरेको छ ।
बालिकालाई उनका शिक्षक र उनका सहयोगीहरूले बन्दुकको नोकमा अपहरण गरी मुस्लिम पुरुषसँग विवाह गराएर कथित रुपमा धर्म परिवर्तन गराएका थिए । सोही आरोप लगाउदै उनका अभिभावकले अदालतमा उजुरी दिएको थियो तर पाक अदालतले पनि पिडिताको पक्षमा फैसला नगर्दा पाकिस्तानमा अल्पसंख्यक रुपमा बसोबास गर्दै आएको हिन्दुहरुको दुर्दशालाई दर्शाएको छ
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन