भारत भ्रमणबाट विकास र समृद्धिको ढोका खुलेको भएपनि केहीलाई पचेको छैनन्—प्रम प्रचण्ड

65 Shares

नुवाकोट, २८ जेठ । हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबाट पाएको उपलब्धीहरु विरुद्ध केही शक्तिहरुको आडमा भ्रम छर्ने गम्भीर षड्यन्त्र भईरहेको उनले गम्भीर आरोप लगाए ।
आफूले भारत भ्रमणको क्रममा नेपाल र नेपाली जनताको स्वाभिमान र भारतीय जनताहरुको असिम विश्वास र आधारलाई मध्यनजर राख्दै पाएका उपलब्धीहरुको रक्षार्थ कार्यहरुमा सक्रिय रहेको वेला विपक्षीहरुले उक्त उपलब्धीहरुलाई तुहाउने विभिन्न षड्यन्त्र गरिरहेको प्रधानमन्त्री प्रचण्डले गम्भीर आरोप लगाएको हो ।
शनिबार नुवाकोटको लाकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले यसपटकको भारत भ्रमणबाट देशको स्वाधीनता, विकास र समृद्धिको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गरे ।
प्रधानमन्त्री प्रचण्डले ‘मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित भएको छ । राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन् तर, यो खुसी र सफलतामा केही मान्छेहरुलाई पचेको छैनन् । मलाई चाहिँ इतिहासमा पहिलो पटक राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुसी लागेको छ ।’
उनले विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिने भन्दै राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड दिए । अर्थतन्त्रको चुनौती बीच पनि कृषिलाई उच्च प्राथमिकता दिइएको भन्दै उनले उत्पादन र उत्पादकत्व प्रवर्द्र्धन गर्ने नीति लिएको उल्लेख गरे । केही शक्तिहरु एवं पार्टीहरुले भारत विरोधी कुरा गरेर नेपाल भारत विच द्धन्द सृजना गरी चीनलाई खुशी पर्ने खेलमा लागेको हुँदा त्यस्ता शक्तिहरुलाई वेलैमा सवक सिकाउने बताउदै प्रधानमन्त्री प्रचण्डले नेपाल र भारत विच सदियौं देखि कायम रहदै आएको मैत्री सम्बन्धमा कुनै कमी नआउने तथा आउदो समयमा पनि दुबै देश विच अटुट सम्बन्ध अझै मजबुती हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महत, नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सभाका सदस्यहरू राधिका तामाङ, रमेश महत लगायतले सम्बोधन गरेका थिए । एसीपीएन नेपालको सहयोगमा तयार पारिएको समाचार ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।